logo-img

रुसी सेनामा भर्ती भएका नेपालीहरूको उद्धार गर्न पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुसी सेनामा भर्ती नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमा निरन्तर पहल भइरहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा मन्त्री राणाले रुसी सेनामा भर्ती नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमा रुसी सरकारसँग उच्च कूटनीतिक तहमा निरन्तर पहल गरिरहेको बताइन् । 

उनले भनिन्, ‘अहिले रसियामा परराष्ट्र मन्त्रालयले त्यति सक्रिय भएर काम गर्न सकेको रहेनछ । यो युद्धको कारणले गर्दा, र हाम्रो नेपालको रुसमा रहेको राजदूतावास मार्फत पहल गर्नुपर्छ भनेर योभन्दा अगाडिको मन्त्रीहरूलाई पनि उहाँहरूलाई जानकारी दिएको र त्यही अनुरूप हाम्रो राजदूतावासले कुराहरू गरिरहेको छ । निरन्तर पहल भइरहेको छ । नेपालीहरू जो रसियन सेनामा छन्, ३२१ जनाको मात्र रेकर्ड छ । त्योभन्दा बढी पनि छ भन्ने छ तर हामीसँग रेकर्ड छैन ।’  

उनका अनुसार रुस–युक्रेन युद्ध भएदेखि हालसम्म रुसी सेनामा भर्ती भई युद्धमा मर्ने नेपालीको सङ्ख्या ३४ पुगेको छ भने २२ जनाको डिएनए परीक्षणका लागि दिइएको छ । हालसम्म युक्रेनमा युद्ध बन्दी ६ जना रहेका छन् ।

यस्तै, घाइते भई उपचाररत रहेका व्यक्तिको सङ्ख्या ५ जना छ भने त्यसमध्ये एक जना फर्की सकेको छ । मस्कोस्थित नेपाली दूतावासले समन्वय गरी रुसी सेनाबाट नेपाल फर्केकाको सङ्ख्या १५० छ ।

हालसम्म उद्धारका लागि निवेदन परेको ३२३ जना छन् भने सम्पर्क मै नरहेका भनी खोजी र फिर्ताका लागि निवेदन दिएको सङ्ख्या ११६ रहेको छ । घाइते वा अन्य कारणले फिर्ता गराइदिन अनुरोध गरिएको १६१ रहेका छन् ।

यसको साथै, विपिन जोशीको उद्धारको लागि नेपाल सरकारले सुरु देखि नै उच्च स्तरीय तहमा दुई पक्षीय र बहु पक्षीय  कूटनीतिक पहल निरन्तर रूपमा गरिरहेको पनि उनको भनाई छ । 





  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया