logo-img

यसरी भएको थियो विमान दुर्घटना, प्रत्यक्षदर्शी भन्छन्– ‘पाइलट भाग्यले बाँचे’ (तस्बिरहरूसहित)
त्रिवि शिक्षण अस्पतालमा मृतकका आफन्तहरुको रुवाबासी

पोखरा उडानका क्रममा सौर्य एयरलाइन्सको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । एयरलाइन्सका १९ टेक्निकल स्टाफसहितलाई लिएर पोखराको लागि उडान भर्ने क्रममा बुधबार सौर्यको जहाज दुर्घटनामा परेको हो ।

विमानस्थलमा दुर्घटना हुँदा प्रत्यक्षदर्शी राज चौलागाईंले सुरुमा धुवाँ आएर बंकरमा ठोक्किएको बताए । उनले ठोकिएपछि जहाज दुई टुक्रा भएर खाल्डोमा खसेको जिकिर गरे । उनले भने, ‘जहाज  पहिले  नै  हिट  भइसकेको थियो होला त्यसपछि भित्तामा हिट भइसकेपछि जहाजमा आगलागी भयो, घिस्रिने क्रममा जहाजको ककपिट एयर डाइनेस्टीको कन्टेनरमा ठोकियो । कन्टेनरलाई घिसारेर तल पुर्यायो । जहाजको एक भाग यसैमा अड्कियो । अर्को भाग उछिट्टिएर अझै पर पुग्यो । दुवै ठाउँमा ठूलो आगलागी भयो, केही बाच्ने अवस्था थिएन तर पाइलट भाग्यले बाँचे होलान् ।’
 
साथै उनले यस्ता घटनाहरूमा सरकारले ध्यान दिनुपर्ने बताए । समयमै उद्धार भए पनि सरकार यस्ता घटनामा जहिले कमजोर रहेको दाबी गरे । यस्तै, यो घटनाका प्रत्यक्षदर्शी सुनिल केसीले सुरक्षाकर्मी सबैले उद्धारमा राम्रोसँग आफ्नो कर्तव्य निभाएको बताएका छन् । 

उनले यो छोटो समयमा सबैको उद्धार गर्न सफल सुरक्षा टोलीलाई धन्यवादसमेत व्यक्त गरेका हुन् । 

त्रिवि शिक्षण अस्पतालमा मृतकका आफन्तहरुको रुवाबासी

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल यसबेला शोकमा डुबेको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव पोस्टमार्टम र पहिचानका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको हो ।



शव अस्पताल ल्याएपछि शोकमा डुबेका मृतकका परिवारहरूको रुवाबासीले अस्पताल शोकमा डुबेको हो । अस्पतालमा शवहरूको पोस्टमार्टम सुरु भएको छ । 

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार दुर्घटनामा अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैन, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा (विदेशी) को–पाइलट एस. कटुवालले ज्यान गुमाएका छन् ।



 

 

  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया