logo-img

किड्नी दान नपाएको भए मेरो १७औँ पुण्यतिथि भइसक्थ्यो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अंग दान गर्नु महान् कार्य भएको बताएका छन्। आफूले दान पाएको किड्नी लिएर बाँचिरहेको भन्दै प्रधानमन्त्री ओलीले दान जीवनसँग सम्बन्धित रहेको बताए। 

डा. अजयक्रान्ति शाक्यको नयाँ कृति ‘बुद्धका मौलिक दर्शन’को लोकार्पण कार्यक्रममा बोल्दै उनले दान आवश्यक व्यक्तिलाई दिनुले असाधारण अर्थ राख्ने बताए। आवश्यक नभएकालाई दान दिनुको भने कुनै अर्थ नहुने प्रधानमन्त्री ओलीको भनाइ छ। 

उनले भने, ‘दान एउटा महान काम हो। जसलाई आवश्यक छ त्यसलाई दान दिनू । मलाई किड्नी फेल भयो किड्नी आवश्यक भयो। मलाई कसैले किड्नी दान दिएँ। दान लिएको किड्नी राखेर म हिँडिरहेको छु।’  

यसले दान कति महत्वपूर्ण रहेछ भन्ने कुरा देखाएको उनले बताए । उनले भने, ‘किड्नी दान नगरेको भए त म अहिले मेरो १७औँ पुण्य तिथि हुन्थ्यो। दान जीवनसँग सम्बन्धित छ।’

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल बुद्धको जन्मथलो मात्र नभएर बुद्ध दर्शनको थालनी भएको देश भएको बताए । नेपालमा बुद्ध दर्शनलाई कमजोर हुन नदिने पनि उनले बताए ।





  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया