logo-img

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ । 

जहाज दुर्घटनापछिको परिस्थितिबारे छलफल र आगामी कदमबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बैठक डाकेका हुन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेकाे छ । मन्त्रिपरिषदको बैठकमा विमान दुर्घटना र यसकाे कारण छानबिनबारे निर्णय हुने पर्यटनमन्त्री बद्री पाण्डेले बताए ।

यसअघि प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक र मन्त्री पाण्डेलगायतले दुर्घटनास्थलको निरीक्षण गरेका थिए । 





  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया