logo-img

एनआरटीसँग विभागीय टोली एपिएफ पराजित

राजधानीमा जारी एन्फा यु–१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी)ले विभागीय टोली एपिएफ क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा एनआरटीले विभागीय टोली एपिएफलाई १–० गोलअन्तरले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लियो । 

एनआरटीले चार खेलबाट नौ अंक जोडेको छ । समान अंक भए पनि मनाङ मर्याङ्दी क्लब गोल संख्याका आधारमा शीर्ष स्थानमा छ । 

एपिएफको भने यो पहिलो हार हो । यो टोलीले चार खेलमा दुई जित, एक बराबरी र एक हारसहित सात अंक जोडेको छ ।एपिएफ अंक तालिकाको चौथो स्थानमा छ । 

एनआरटीको जितमा सन्तोष गोम्बाले गरेको एक गोल नै निर्णायक सावित भयो । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेको थिए । 





  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया