logo-img

जहाज दुर्घटनाबारे छानबिन गर्न सरकारले बनायो पाँच सदस्यीय समिति

सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्नका लागि समिति गठन गर्ने निर्णय गरेको छ । 

बुधबार बसेको मन्त्रीपरिषद् बैठकले दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस किसिमको दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझाबसहितको प्रतिवेदन ४५ दिनभित्र पेस गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । 

उनले भने,‘दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस किसिमको दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझाबसहितको प्रतिवेदन ४५ दिनभित्र पेस गर्न श्री रतिशलाल कर्णको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको छ ।’ 

साथै  बैठकले जहाज दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।





  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया