logo-img

बागमती नदी किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याउन सहरी विकासमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती नदी किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन् । 

आज उनले गुह्येश्वरीस्थित अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा पुगेर कामकारबाहीबारे जानकारी लिएपछि निर्माण गरिएका संरचनाको संरक्षण र प्रयोगमा ध्यान दिन निर्देशन दिएका हुन् । 

‘ढल निकासका लागि संरचना त बन्छन्, तर प्रयोगमा किन आइरहेका छैनन् ? यसलाई सच्याउनुपर्यो । तत्काल गर्न सकिने काम अहिले गरौँ । संरचना निर्माणसँगै त्यसको प्रयोगका विषयमा पनि ध्यान दिनुपर्यो,’ उपप्रधानमन्त्री सिंहले भने । 

गोकर्णेश्वरदेखि गुह्येश्वरीसम्म बनेका पार्कहरूको दूरावस्था रहेकाले तिनको संरक्षण र रेखदेखमा ध्यान दिन समितिलाई निर्देशन दिँदै उनले बागमतीमा बार्है महिना पानी बगाउनुपर्नेमा पनि जोड दिए । 

‘बागमतीमा बाह्र महिना नै पानी बगाउनेबारे हामीले सोच्नुपर्छ । सम्बन्धित निकायसँग समन्वय गरेर त्यसलाई अघि बढाऔँ । बाधा अड्चन छ भने त्यसलाई हटाउनका लागि मन्त्रालय सहजीकरण गर्न तयार छ,’ उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।  

बागमतीभन्दा कुरुप भइसकेका नदीलाई विभिन्न देशले सुधार गरेर स्वच्छ पानी बगाएको उदाहरण दिँदै उनले बागमती नदीको स्वच्छता काम गर्न सरकारले प्रभावकारी योजना ल्याउनेसमेत धारणा राखे ।   





  • प्रकाशित मिति : साउन ९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया