logo-img

दीपेन्द्र र रोहितले ग्लोबल टी-२० को पहिलो खेल गुमाउने
सन्दीप पहिलो खेलदेखि नै उपलब्ध
फाइल तस्बिर

नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल र स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरीले चौथो संस्करणको ग्लोबल टी–२० क्यानडा लिगको पहिलो खेल गुमाउने भएका छन् ।

भिसा आउन ढिलाइ भएका कारण उनीहरूले लिगको पहिलो खेल गुमाउने भएका हुन् । दीपेन्द्र लिगका लागि बुधबार राति क्यानडा प्रस्थान गरेका छन् । रोहित भने बिहीबार त्यतर्फ उड्ने तयारीमा छन् ।

यसपटकको ग्लोबल टी–२० मा दीपेन्द्र भ्यानकुभर नाइट्स र रोहित टोरन्टो नेसनल्समा आबद्ध छन् । दीपेन्द्र दोस्रो तथा रोहित पहिलोपटक यो लिगमा अनुबन्धित भएका हुन् ।

नेपाली टिमका पूर्वकप्तान सन्दीप लामिछाने भने लिगका लागि क्यानडा पुगिसकेका छन् । र, उनी पहिलो म्याचदेखि नै प्लेइङ–११ को लागि उपलब्ध हुने छन् । सन्दीप पनि यसपटक दीपेन्द्रआबद्ध भ्यानकुभरमै छन् ।

सन्दीप चौथोपटक ग्लोबल टी–२० लिग खेल्न लागेका हुन् । उनले सन् २०१८ मा मोन्ट्रेल टाइगर्स, २०१९ मा टोरन्टो नेशन्ल्स र गत संस्करणमा सर्रे जग्वार्सबाट यो लिगमा प्रतिस्पर्धा गरेका थिए । 

ग्लोबल टी–२० मा अहिलेसम्म सन्दीपले कूल १७ म्याच खेलेका छन्, जसमा उनले २४ विकेट लिइसकेका छन् । सन्दीपले सन् २०१८ अर्थात् डेब्यू संस्करणमा ५ खेलमा ७.८५ को इकोनमीमा ८ विकेट हात पारे ।



उनले दोस्रो सिजनमा भने अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । सन् २०१९ मा भएको उक्त संस्करणमा उनले ४ खेलमा मात्र ५ विकेट लिन सके । तर, गत संस्करण अर्थात् सन् २०२३ मा भने उत्कृष्ट कमब्याक गरे । उक्त सिजनमा उनले ८ खेलमा ५.१७ को सानदार इकोनमीमा ११ विकेट लिए ।

सन्दीप यसपालि पनि आफ्नो लय कायम राख्दै टिमलाई उपाधि दिलाउन पूरा कोसिस गर्नेछन् । उनी भ्यानकुभरका प्रमुख स्पिनर हुन् । सन्दीपसम्मिलित भ्यानकुभरले पहिलो खेलमा रोहितआबद्ध टोरन्टो नेसनल्ससँग खेल्ने तालिका छ । यी दुई टिमबीचको खेल शुक्रबार बिहान १:४५ देखि सुरु हुनेछ । 
 



  • प्रकाशित मिति : साउन १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया