logo-img

विमान दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइँदै
फाइल तस्बिर

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको शोकमा सरकारले आज राष्ट्रिय झण्डा आधा झुकाउँदै छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनसार आज झण्डा आधा झुकाइने भएको हो ।  

बुधबार बिहान पोखरा जान लागेको सौर्य एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको थियो । विमानमा रहेका १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो । 

घाइते अवस्थामा उद्धार गरिएका विमानचालक मनिषरत्न शाक्यको उपचार भइरहेको छ । दुर्घटनाबारे अध्ययन गर्न सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।  





  • प्रकाशित मिति : साउन १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया