logo-img

एसिया कपको सेमिफाइनल समीकरण पूरा, फाइनल पुग्न भारतले बंगलादेशसँग खेल्ने

नवौँ संस्करणको एसिसी एसिया कप महिला क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबार राति भएको खेलको नतिजासँगै सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको हो । 

समूह ‘ए’ बाट भारत र पाकिस्तानले  सेमिफाइनलमा स्थान बनाउँदा समूह ‘बी’ बाट श्रीलंका र बंगलादेशले स्थान पक्का गरे ।

बुधबार भएको पहिलो खेलमा बंगलादेशले मलेसियालाई ११४ रनले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्दा दोस्रो खेलमा श्रीलंकाले थाइल्याण्डमाथि १० विकेटको एकतर्फी जित निकाल्यो ।  

समूह चरणका खेल सकिएपछि प्रतियोगिताका दुवै सेमिफाइनल खेल शुक्रबार हुनेछन् । पहिलो सेमिफाइनलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, दोस्रो खेलमा श्रीलंका र पाकिस्तानले खेल्ने छन् । 

समूह ‘ए’ बाट भारत सबै खेल जितेर शीर्ष स्थानमा छ भने समूह ‘बी’ बाट श्रीलंका सबै खेल जितेर शीर्ष स्थानमा छ । ​बंगलादेश र पाकिस्तानले भने समूह खेलमा क्रमशः श्रीलंका र भारतसँग पराजित भएका छन् ।  

सेमिफाइनलको पहिलो खेलमा शुक्रबार दिउँसो सवा २ बजे भारत र बंगलादेश भिड्ने छन् भने सोही साँझ सवा ७ बजे श्रीलंका र पाकिस्तान आमनेसामने हुने छन् । जारी एसिया कपमा नेपालले पनि प्रतिस्पर्धा गरेको थियो । 



समूह ‘ए’ मा रहेको नेपालले ग्रुप स्टेजमा यूएईलाई हराउँदा पाकिस्तान र भारतसँग पराजय बेहोरेको थियो । 



  • प्रकाशित मिति : साउन १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया