logo-img

काँकडभिट्टाबाट आठ करोडको जडीबुटी निर्यात
फाइल तस्बिर

पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा आठ करोड १० लाख १४ हजार रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको छ । 

काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार  चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन निर्यात भएको हो ।  उक्त आवमा रु चार करोड ८० लाख ६० हजार बराबरको एक सय ६० मेट्रिक टन चिराइतो निर्यात भएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथम, सङ्खुवासभा, धनकुटा र भोजपुरमा चिराइतोको व्यावसायिक खेती हुँदै आएको छ । 

यसैगरी, सोही अवधिमा एक करोड ६५ लाख २० हजार रुपैयाँको ८३ मेट्रिक टन मजिठो, ९६ लाख ९४ हजारको एक सय ५१ मेट्रिक टन रिठ्ठा, ११ लाख ३४ हजार रुपैयाँको ११ मेट्रिक टन अमला, १२ लाख रुपैयाँ मूल्य बराबरको २४ मेट्रिक टन चुत्रो निर्यात भएको छ । 





  • प्रकाशित मिति : साउन १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया