logo-img

कम्बोडियाली विपक्षी नेतालाई १५ लाख डलर जरिवाना

कम्बोडियाको एक अदालतले सत्तारुढ दललाई बदनाम गरेको आरोपमा बिहीबार त्यहाँका विपक्षी नेतालाई करिब १५ लाख अमेरिकी डलर जरिवाना गरेको छ । 

गत फेब्रुअरीमा विदेशी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा क्यान्डललाइट पार्टीका नेता टिभ भ्यानोलले हुन मानेटको शासनकालमा राज्य ‘लोकतन्त्रको हिसाबले खराब हुँदै गएको’ बताएका थिए । हुन मानेटले सन् २०२३ मा आफ्ना पिता हुन सेनको करिब चार दशक लामो शासनपछि सत्ता सम्हालेका थिए । 

हुन मानेटलाई प्रधानमन्त्री बनाउनका लागि कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले पार्टीमा दिएको भारी समर्थन र मुख्य प्रतिद्वन्द्वी क्यान्डललाइट पार्टीलाई संसदीय निर्वाचनमा सहभागी हुनबाट रोक्ने प्रक्रियालाई भ्यानोलले ढोङको रूपमा निन्दा गरेका थिए । 

नोमपेन म्युनिसिपल कोर्टले बिहीबार भ्यानोललाई ‘सार्वजनिक मानहानीको दोषी’ ठहर गर्दै वादी सीपीपीलाई ६ अर्ब रियल (करिब १५ लाख अमेरिकी डलर) तिर्न आदेश दिएको छ । 

उनलाई १ करोड मिलियन रियाल (२ हजार ४ सय अमेरिकी डलर) तिर्न पनि आदेश दिइएको छ । फैसलाका समय भ्यानोल विदेशमा भएका कारण अदालतमा उपस्थित थिएनन् ।

उनका वकिल चोङ चोङ्गीले अदालतको फैसलाबाट आफू निराश भएको र आफ्नो क्लाइन्टले ‘आफ्नो विचार व्यक्त’ मात्र गरिरहेको बताएका छन् । अपिल गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।



प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि हुन सेनले एक महत्वपूर्ण औपचारिक भूमिका ग्रहण गर्दै सिनेटको अध्यक्ष बनेका थिए ।  



  • प्रकाशित मिति : साउन १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया