logo-img

विमान दुर्घटनाबारेकाे प्रतिवेदन पहिलेजस्ताे थन्किँदैन, यसपटक प्रभावकारी ढंगले कार्यान्वयन हुन्छ : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको बारेमा प्रभावकारी कार्यान्वयनको बाटो तय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उनले घटनाको निचोड निस्कने हिसाबले अध्ययन गर्ने भन्दै प्राप्त प्रतिवेदनको कार्यान्वयन पनि प्रभावकारी रूपमा गर्ने बताए । 

उनले भने, ‘यस घटनाको बारेमा धेरै प्रश्न उठेको छ । समिति बनाए पनि प्राप्त प्रतिवेदनको कार्यान्वयन सरकारले नगरेको हुनाले यस्तो समस्या आएको भन्ने कुरा छ । यही प्रश्नको सेरोफेरोमा यसपटकको अध्ययनलाई राम्रो तरिकाले निचोडमा पुर्याउने, सत्यको नजिक पुग्ने, घटनाको बारेमा राम्रो छानबिन गर्ने नै छौँ । त्यसबाट निस्किएको प्रतिवेदनलाई शतप्रतिशत कार्यान्वयन गर्ने दिशामा बाटो तय गर्ने भन्ने प्रतिबद्धता र संकल्प प्रस्तुत गरेका छौँ ।’

यस्तै, उनले अध्ययन समितिले ४५ दिनभित्र प्रतिवेदन दिने हिसाबले काम अगाडि बढाउने पनि जानकारी दिए । उनले भने, ‘हिजो भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको प्राविधिक, व्यवस्थापकीय कारण, मानवीय त्रुटि के हो त्यसको बारेमा स्पष्ट धारणा राख्न सक्ने अवस्था छैन । यसबारेमा अध्यन गर्नका लागि मन्त्रिपरिषद्को बैठकले अध्यन समिति बनाएको छ । ४५ दिनभित्र त्यो समितिले प्रतिवेदन दिनेछ ।’





  • प्रकाशित मिति : साउन १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया