logo-img

चलचित्र क्षेत्रका लागि निर्माता र कलाकारले आफ्नो घर खेत बेचेका छन्, सरकार हेर्दै हेर्दैन : भुवन केसी

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष तथा अभिनेता भुवन केसीले सिनेमा क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताएका छन् । बिहीबार आफ्नै बिदाइ कार्यक्रममा बोल्दै केसीले सरकार चलचित्र क्षेत्रप्रति गम्भीर हुनुपर्ने बताए । 

उनले भने, ‘नेपाली चलचित्र यहाँसम्म आइपुग्दा सरकारले चाहिँ के गर्‍यो त ? नेपाली चलचित्र क्षेत्रले यहाँसम्म आई पुग्नुको योगदान सरकारको योगदान शून्यजस्तो लाग्छ । चलचित्र क्षेत्र यहाँसम्म आई पुग्नुलाई सरकारको महत्त्व प्रभावकारी छैन । यदि सरकारले चाहेको भए चलचित्र क्षेत्र आज विदेशीसँग प्रतिस्पर्धा गर्न सक्थ्यौँ, अहिले पनि गरिरहेका छौँ । तर त्यसका लागि केही निर्माता, कलाकार, निर्देशकहरूले घर खेत बेचेर यहाँसम्म ल्याएका हुन् ।’

साथै उनले सरकारले आश्वासन मात्र दिएको गुनासो गरे । उनले नेपाली चलचित्रको लागि नेताहरूले भाषण बाहेक केही गर्न नसकेको बताए । उनले  भने, ‘एउटा स्टुडियो बनाउन सकेको छैन । तर सबै कलाकारहरूले मन्त्रीहरूलाई सुझाव सल्लाह दिएका हौँ । तर त्यो कुरा कुनै मन्त्रीले उठाउन सकेनन् ।’

यस्तै केसीले कुनै स्वार्थमा अध्यक्ष नबनेको दाबी गरे । उनले अबको दिनमा जे–जस्तो अवस्थामा भए पनि नेपाली चलचित्रलाई अगाडि बढाउन सधैँ तत्पर रहने बताए । 





  • प्रकाशित मिति : साउन १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया