logo-img

नेपालले पायाे पहिलाे महिला मुख्यसचिव

सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेकाे छ । नेपालकाे इतिहासमा उनले पहिलाे महिला मुख्यसचिव बन्ने साैभाग्य प्राप्त गरेकी छिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघिका मुख्यसचिव वैकुण्ठ अर्यालमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेपछि उनी निलम्बनमा परेका थिए ।

त्यसपछि सरकारले गड्ताैलालाई कायममुकायम मुख्यसचिवकाे जिम्मेवारी दिएकाे थियाे । गड्तौलालाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हाे । 

तर उनी एक महिना मात्रै साे पदमा रहनेछिन् । ५८ वर्ष उमेर हदका कारण उनी १५ भदौ २०८१ मा अनिवार्य अवकाशमा जानेछिन् ।

यसअघि विद्यादेवी भण्डारी पहिलाे महिला राष्ट्रपति, सुशीला कार्की पहिलाे महिला प्रधानन्यायाधीश र ओनसरी घर्ती नेपालकाे पहिलाे महिला सभामुख बनेर इतिहास बनाएका थिए । गड्तौलाले पनि नेपालकाे पहिलाे महिला मुख्यसचिव बनेर इतिहास रचेकी छिन् ।





  • प्रकाशित मिति : साउन १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया