logo-img

मानसिक स्वास्थ्यमा आधारित गीत ‘सम्झिराखन’ सार्वजनिक [भिडियोसहित]

लण्डन बस्दै आएका गायक द्वय सुजन पराजुली र भिजे घिमिरेको गीत ‘सम्झिराखन’ बजारमा आएको छ । मानसिक स्वास्थ्य लाई प्रमुख विषय बनाइएको गीतमा, सङ्गीत, शब्द तथा अभिनय गायकद्वयको नै रहेको छ । 

मानसिक स्वास्थ्य जस्तो जटिल संवेदसिल विषयलाई समेटेर बनाइएको कथा वस्तुलाई दर्शक श्रोताले मन पराएका छन् । सुजन भन्छन्, ‘नेपाली सङ्गीत  क्षेत्रमा नौलो प्रयोग गरेका छौँ ।’

नेपाली पप र टिपिकल लोक गीतको संयोजनको सुरुवात आफूहरूले नै सुरु गरेको उनीहरूको दाबी छ । गायक भिजे घिमिरे निकै उत्साहित छन् । उनी भन्छन्, ‘अब नयाँ बाटो खुलेको छ नेपाली फ्युजन गीतको ट्रेन्ड आउनेमा ढुक्क छौँ ।’ 

कथा बस्तुमा भिजे र सुजन यमराज र चित्रगुप्तको भूमिकामा देखिन्छन् । मानसिक स्वास्थ्यको कारण स्वर्ग लोक  अस्वाभाविक मृत्युदर बढेको कारण व्यवस्थापन गर्ने गाह्रो भएकोले रोकथामको लागी उनीहरू पृथ्वी लोकमा गएको र  रोकथाम नियन्त्रण गर्न सफल भएको कथा लाई आकर्षक ढङ्गले  देखाउन खोजिएको छ । 

गीतको कथा बस्तु अनि डाइरेक्सन अनमोल केसी अभिनीत चलचित्रका  निर्देशक सुयोग गुरुङको रहेको छ । भिजे म्युजिक युट्युब च्यानलबाट  रिलिज  गरिएको गीतमा किरन थापा र अभी वाग्लेको कोरियोग्राफ रहेको छ भने गीतको अरेन्ज विप स्टुडियोले गरेको छ ।  





  • प्रकाशित मिति : साउन १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया