logo-img

जहाज दुर्घटनाबारे क्याप्टेन गुरुङको अनुमान- ‘इन्जिन फेल भयो, पाइलट अलर्ट हुन सकेनन्’

क्याप्टेन ओम गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार भएको सौर्य एयरलाइन्सको जहाजमा दुर्घटनाको मुख्य कारण इन्जिन फेल भएको हुनसक्ने अनुमान गरेका छन् । जसका कारण चालक दलका सदस्यहरूको माइन्ड अलर्ट हुन नसकेको पनि उनको अनुमान छ । 

बिहीबार कुराकानीमा उनले जहाजमा समस्या आउने  बित्तिकै क्याप्टेन शाक्यको माइन्ड अलर्ट हुनुपर्ने बताए । आगो लागेको जहाज डिल गर्दा कन्ट्रोलिङमा ध्यान दिएर मात्र गर्नुपर्ने उनले अनुभव सुनाए ।

‘जहाज सी–चेकका लागि जाँदै थियो । चेक पनि ए,बी,सी लगायत हुन्छन् । यसको टाइम ड्यूरेसन फरक फरक हुन्छ । तथापि, रनवेमा जहाजको गति र लाइन ठिक देखिन्छ । विभिन्न चेकलिस्टहरु हेर्दा सन्तुष्टि हुनुपर्ने देखिन्छ । टेकअफ पोइन्टसम्म पुग्दा पनि सबै ठिक भएको अनुमान लगाउन सकिन्छ । रोल गर्ने क्रममा भि–वान स्पिडलाई कन्ट्रोल गर्न सकिन्छ । त्यो निकै क्रिटिकल र महत्त्वपूर्ण मानिन्छ, यो अन्तिम निर्णयका रूपमा पनि हेरिन्छ । त्यसपछि अवस्थामा भने इन्जिनमा केही समस्या भएको हुनुपर्छ । इन्जिनमा फेल भएको वा आगलागी सुरु भएको हुनुपर्छ । यस्तो अवस्थामा क्याप्टेनले दिमागलाई अलर्ट गर्न सक्नुभएन कि भन्ने लाग्छ ।’ 

भि–वानसम्मको अवस्थामा क्याप्टेन शाक्यको निर्णय ठिक रहेको उनले अनुमान लगाए । हरेक स्टेजमा क्याप्टेनको निर्णय ठिक देखिए पनि कन्ट्रोलमा समस्या आएको हुनसक्ने उनले बताए । 
घट्नाको यात्रु को को थिए भन्नेबारे सम्बन्धित निकायलाई जानकारी हुने भन्दै क्याप्टेन गुरुङले सबै यथार्थ क्याप्टेन शाक्यलाई थाहा हुने बताए । 

उनले  भने, ‘यो  घटना एउटा विकराल भयो । हिजोको घटनाको परिवेशमा क्रिटिकल सबै थाहा भएन । किनभने विगतका कयौँ दुर्घटनाहरूमा हामीले बोलेका पनि छौँ । तर सबै सत्य साबित नहुन सक्छन् । इन्जिनको कुरा सबै आफ्नो कन्ट्रोलमा हुँदैन ।  यस बारेमा क्याप्टेन शाक्य जीवित हुनुहुन्छ । उहाँले सबै कुरा बताउनुहुनेछ ।’ 





  • प्रकाशित मिति : साउन ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया