logo-img

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

चितवनमा छुट्टाछुट्टै घटनामा परेर चार जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिकाको भित्री सडकमा सवारी दुर्घटना हुँदा उक्त महानगरपालिका–७ प्रेमबस्तीका ५० वर्षीय चण्डीप्रसाद अधिकारीको मृत्यु भएको छ भने खोलाले बगाएर कालिका नगरपालिका–१० का ३३ वर्षीय गम्भीर चेपाङको ज्यान गएको हो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार साँझ सिद्धिबजारबाट घर फर्किँदा कयरखोलाले बगाएर बेपत्ता भएका चेपाङको शव आज बिहान फेलापरेको हो भने भरतपुर महानगरपालिका–८ अशोक चोकमा नम्बर नखुलेको सवारीसाधनले अधिकारी सवार मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका निजको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

त्यस्तै नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र वीरगञ्ज महानगरपालिका–२४ का ३३ वर्षीय प्रमोद पटेलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकमध्ये आलम भारतीय ट्रकका चालक हुन् भने पटेल कन्टेनरका चालक हुन् । 

भारतीय ट्रकका सहचालक गोरखपुरका २२ वर्षीय सावन अहमद गम्भीर घाइते भएका छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : साउन ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया