logo-img

घट्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४४ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

तेजाबी सुन बिहीबार प्रतितोला एक लाख ४४ हजार तीन सयमा कारोबार भएकामा आज एक लाख ४४ हजार रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला एक हजार सात सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार सात सय रुपैयाँ निर्धारण भएको छ । 





  • प्रकाशित मिति : साउन ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया