logo-img

१२.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य, यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार दिउँसो राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

१२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य राख्दै चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षमा कर्जा विस्तार लक्ष्य ११ प्रतिशत राखिएकोमा लक्ष्यको मुस्किलले आधामात्रै उपलब्धी छ । 

कर्जा विस्तार लक्ष्य १.५ प्रतिशतले बढाए पनि गभर्नर स्वयम्ले बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढेको बताएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालु आर्थिक वर्षमा ५.५ मूल्य वृद्धि सीमित राख्ने लक्ष्य लिएको छ । 

त्यस्तै, राष्ट्र बैंकले सहकारीका सञ्चालकको नाममा रहेको रहेको सम्पत्तिबाट ५ लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न नेपाल सरकारलाई सहजीकरण गर्ने नीति लिएको गभर्नर अधिकारीले बताए । 





  • प्रकाशित मिति : साउन ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया