logo-img

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौँ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता सम्पूर्ण रोग, भोक, अशिक्षा, गरिबी र पछौटेपनको अचुक औषधि हो भन्ने भाष्य गलत साबित भएको बताएका छन् ।

राप्रपा नेपाल भक्तपुर जिल्ला समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको ढिला नगरी विकल्प खोज्ने बेला आएको पनि बताए ।  

उनले अहिलेको राज्य व्यवस्थाले मनपरीतन्त्र र लुटतन्त्रलाई प्रश्रय दिएको टिप्पणी पनि गरे । व्यक्ति परिवर्तन गरेर समस्याको समाधान नहुने भन्दै थापाले बाटो परिवर्तन गर्नुपर्नेमा जोड दिए । 

थापाले अहिले मुलुकमा चलिरहेको बेथिति र विकृतिको अन्त्य गर्न राप्रपा नेपालले अवलम्बन गरेको मार्गचित्र अनुसार मुलुकलाई अघि बढाउनुपर्ने जिकिर गरे ।  





  • प्रकाशित मिति : साउन ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया