logo-img

बंगलादेशलाई १० विकेटले हराउँदै भारत एसिया कपको फाइनलमा

भारत नवौँ संस्करणको महिला एसिया कप टी–२० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आज सम्पन्न सेमिफाइनल खेलमा बंगलादेशलाई १० विकेटले हराउँदै भारत अपराजित रहेर एसिया कपको फाइनल प्रवेश गरेको हो ।  

सेमिफाइनलमा बंगलादेशले दिएको ८१ रनको सामान्य लक्ष्य भारतले ११ ओभरमा कुनै पनि विकेट नगुमाएर पूरा गर्‍यो । उसका लागि अविजित हरेका स्मृति मान्धनाले अविजित ५५ र शफाली वर्माले २६ रन बनाए ।

त्यसअघि श्रीलंकाको डाम्बुला अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८० रन बनायो ।

उसका लागि कप्तान निगार सुल्तानाले ५१ बलमा दुई चौकासहित सर्वाधिक ३२ रन बनाइन् । यस्तै, शोर्ना अख्तरले १८ बलमा दुई चौकासहित अविजित १९ रन जोडिन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । 

भारतका लागि रेणुका सिंह र राधा यादवले तीन/तीन तथा दिप्ती शर्मा र पूजा वस्त्रकारले एक/एक विकेट लिए । अब भारतले उपाधिका लागि श्रीलंका र पाकिस्तानबीचको विजेता टिमको सामना गर्नेछ । 

श्रीलंका र पाकिस्तानबीचको दोस्रो सेमिफाइनल खेल आज राति ७ः४५ देखि सुरु हुनेछ । जारी संस्करणमा नेपालको पनि सहभागिता थियो । 



समूह चरणबाट बाहिरिएको नेपालले तीनमध्ये दुईमा हार तथा एक खेलमा जित निकालेको थियो । नेपालले यूएईलाई हराउँदा भारत र पाकिस्तानसँग हार बेहोरेको हो । 



  • प्रकाशित मिति : साउन ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया