logo-img

मन्त्री गुरुङको दाबी : जनता आशावादी हुनेगरी काम गर्छौँ
फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा स्थायी सरकार आएकाले अब जनता आशावादी हुनेगरी काम गरिने बताएका छन् । 

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले यहाँ आयोजना गरेको ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल’ कार्यक्रमको आज  उद्घाटन गर्दै उनले आफू पनि केही गर्ने उत्साहका साथ जिम्मेवारीमा आएकाले उत्कृष्ट कार्यसम्पादनका समन्वय र सहकार्यको भावनाले अगाडि बढ्ने बताए ।

विकसित देशहरूमा सहकार्यका साथ मिलेर काम गर्ने संस्कृतिका कारण विकास सम्भव भएको उल्लेख गर्दै हाम्रा युवाहरू पनि सोही कारण विदेश जान आकर्षित भइरहेका धारणा राखे । 

‘विदेशमा सबै मिलेर काम गरौँ भन्ने संस्कार छ । त्यसैमा फड्को मारिरहेका छन् । हाम्रा युवाहरू पनि त्यतै पलायन भइरहेका छन्’, उनले भने, ‘हामीले पनि सहकार्यको संस्कार विकास गर्न जरुरी छ ।’

मन्त्री गुरुङले सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने आवश्यक कार्यका लागि सुझाव दिन क्यानलाई आग्रह गरे । 





  • प्रकाशित मिति : साउन ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया