logo-img

सन्दीपविरुद्ध गौशाला २६ सर्वोच्च अदालत नजाने
फाइल तस्बिर

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई बलात्कारको मुद्दा दर्ता गरेकी गौशाला २६ ले उच्च अदालत पाटनले दिएको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्ने भएकी छन् ।  

उनले गत २ जेठमा उच्च अदालतले सन्दीपलाई सफाइ दिने गरी गरेको फैसलाविरुद्ध सर्वोच्च नजाने भन्दै उच्च सरकारी वकिलको कार्यालयमा निवेदन दिएकी हुन् ।  

गौशाला २६ ले उक्त निर्णयसहित उच्च सरकारी वकिलको कार्यालयमा निवेदन दिएसँगै अब सन्दीपले बलात्कार मुद्दाबाट उच्चदेखि नै स्थायीरूपमा राहत पाउने निश्चित भएको छ । उन ले उच्च सरकारी वकिलकहाँ दर्ता गराएको उक्त निवेदनमा सन्दीपविरुद्धको मुद्दा दर्ता गराएदेखि नै आफूलाई अनेक किसिमको तनाव आइलागेको उल्लेख गरेकी छन् । 

उनले आफूमा परेको मानसिक तनावको विभिन्न व्यक्ति र संस्थाहरूले फाइदा उठाएको पनि बताएकी छन् । त्यस्तै, गौशाला २६ ले सन्दीपविरुद्ध ती व्यक्ति र संस्थाले अनेक भ्रम छरेर आफूलाई दबाब दिएको पनि निवेदनमा लेखेकी छन् । 

उनले आफूलाई सन्दीपले बलात्कार नगरेको जिकिरसहित अब मुद्दा अघि नबढाउने उल्लेख गरेकी छन् । आफूलाई उच्च अदालत पाटनको फैसला स्वीकार्य भएको पनि उनले निवेदनमा भनेकी छन् । 

उच्चले मुद्दाको फैसलाका क्रममा लिएका आधारको आफूले सम्मान गर्ने बताउँदै शान्तिपूर्वक बाँच्न यस्तो निर्णय लिँदै मुद्दा अघि बढाउने निर्णयमा नपुगेको पनि गौशाला–२६ ले उल्लेख गरेकी छन् । 





  • प्रकाशित मिति : साउन ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया