logo-img

मौसमजन्य विपदमा हालसम्म १३९ जनाको मृत्यु, ४ हजार ३० परिवार विस्थापित

मौसमजन्य विपदमा परी शुक्रबार अपरान्हसम्म मुलुकभर १ सय ३९ जनाको मृत्यु भएको छ । 

बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौं उपत्यकामा दुई, कोशीमा २२, मधेसमा ६, बागमतीमा २९, गण्डकीमा ३८, लुम्बिनीमा २४, कर्णालीमा ८ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

बाढीपहिरोमा परी कोशी र बागमती प्रदेशमा दुई/दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक/एक गरी ६ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ । विपदमा परी १ सय ५६ जना घाइते भएका छन् ।

बाढीका कारण जम्मा १ सय ८४ घर डुबानमा परेका छन् । यस्तै, २ सय ३८ घर, ८६ गोठ, ४३ पुल, दुई विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । 

विपद्का घटनाबाट ४ हजार ३० घरपरिवार विस्थापित भएका छन् ।  





  • प्रकाशित मिति : साउन ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया