logo-img

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : सरकारबाट बाहिरिएर जनतामा जाने अवसर मिल्यो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समीकरण परिवर्तन गरेर जनतामा जाने ठूलो ऐतिहासिक अवसर प्रदान गरेको बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले उनले सरकारमा रहँदा जे जति भ्रष्टाचारका विरुद्धमा सुशासनका पक्षमा, जनतालाई सेवा प्रवाह गर्ने कुरामा निकै राम्रो पहलकदमी लिँदालिँदै सरकारबाट बाहिरिनु परेको कारण जनतासँगको टुटेको कडीलाई सुदृढ गर्ने ऐतिहासिक अवसर प्राप्त भएको ब्रिफिङ गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।  

‘अध्यक्षले अहिलेको वर्तमान परिस्थितिको बारेमा सविस्तार चर्चा गर्नुभयो । उहाँले दिशा निर्देश पनि गर्नुभयो । हामी सरकारमा रहँदा जे जति भ्रष्टाचारका विरुद्धमा सुशासनका पक्षमा, जनतालाई सेवा प्रवाह गर्ने कुरामा समग्रमा निकै राम्रो पहल कदमी लिएका थियौँ त्यो पहलकदमी लिँदा लिँदै समीकरण परिवर्तन गरियो । यसले हामीलाई फेरी ठूलो ऐतिहासिक अवसर जुटेको छ । जनतामा जाने, हाम्रो कही न कहीँ जनतासँगको कडी टुटेको थियो । त्यसलाई सुदृढ गर्ने ठूलो ऐतिहासिक अवसर प्राप्त भएको छ,’ सापकोटाले भने । 





  • प्रकाशित मिति : साउन ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया