logo-img

एसिया कप सेमिफाइनल : पाकिस्तानले दियो श्रीलंकालाई १४१ रनको लक्ष्य

नवौँ संस्करणको महिला एसिया कप टी–२० प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानले आयोजक श्रीलंकालाई १ सय ४१ रनको लक्ष्य दिएको छ । श्रीलंकाको डाम्बुलामा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४० रन बनायो । 

उसका लागि मुनीबा अलीले ३७, गुल फिरोजाले २५, कप्तान निदा डार र फातिमा सानाले २३/२३ तथा आलिया रियाजले अविजित १६ रन बनाए । श्रीलंकाका लागि उदेशिका प्रबोधनी र कविशा दिल्हारीले दुई/दुई विकेट लिए ।

श्रीलंका र पाकिस्तानबीचको विजेता टिमले फाइनलमा भारतको सामना गर्नेछ । भारतले आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई १० विकेटले हराउँदै फाइनलको यात्रा गरेको थियो ।

जारी संस्करणमा नेपालको पनि सहभागिता थियो ।  



समूह चरणबाट बाहिरिएको नेपालले तीनमध्ये दुईमा हार तथा एक खेलमा जित निकालेको थियो । नेपालले यूएईलाई हराउँदा भारत र पाकिस्तानसँग हार बेहोरेको हो ।  



  • प्रकाशित मिति : साउन ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया