logo-img

नेतन्याहू र बाइडेनबीच इजरायल-हमास युद्ध अन्त्यका लागि छलफल

अमेरिकी संसदमा बोल्दै हमासविरुद्ध ‘पूर्ण विजय’ हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार सोही विषयमा वासिङ्टनमा राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन् ।

नेतन्याहुले गाजा युद्धको विरोध गर्ने अमेरिकीहरूलाई ‘मूर्ख’ को संज्ञा दिएका छन् । हमासले युद्ध अन्त्य गर्ने र बन्धक बनाइएकालाई फिर्ता गर्ने प्रयासमा प्रधानमन्त्री नेतन्याहूले अवरोध पुर्‍याएको आरोप लगाएको छ ।

इजिप्ट, इजरायल, अमेरिका र कतारका अधिकारीले इजरायल र हमासबीचको युद्ध अन्त्य गर्न र बाँकी बन्धकहरूलाई मुक्त गर्न प्रस्तावित तीन चरणको युद्धविरामका लागि वार्ता पुनः सुरु गर्ने उद्देश्यले बिहीबार दोहामा बैठक गर्ने अपेक्षा गरिएको भएपनि इजरायलका एक अधिकारीले आफ्नो वार्ता टोली सम्भवतः अर्को हप्ता पठाइने बताएका छन् ।

इजरायली सेनाले दक्षिणी गाजा शहर खान युनिसको केही भाग छोड्न दिएको पछिल्लो आदेशका कारण विस्थापित भएका प्यालेस्टिनीहरू सडकमा सुतेर प्रदर्शन गरेको बताएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले युद्धमा ३९ हजार १०० भन्दा बढी प्यालेस्टिनी मारिएको जनाएको छ ।

राष्ट्रपति बाइडेन र नेतन्याहुबीचको भेटलाई हमासद्वारा कब्जामा लिएका अमेरिकी बन्धकका आफन्तले ‘फलदायी र इमानदार’ प्रयास भनेका छन् ।

गाजामा बन्धक बनाइएका अमेरिकी नागरिकका आफन्तले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री नेतन्याहूलाई भेटेका हुन् । 





  • प्रकाशित मिति : साउन ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया