logo-img

झापामा माछा मार्नेबेला डुबेर एक जनाको मृत्यु
फाइल तस्बिर

झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवसताक्षी–४ बोलोचोकका ४० वर्षीय चन्द्रे मुर्मू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

टुनुवस्ती नजिकै पानी जमेको होलीमा माछा मार्ने क्रममा डुबेको अवस्थामा भेटिएका मुर्मूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मुर्मूसहित ३५ वर्षीय अक्तर मियाँ माछा मार्ने क्रममा करिब पौने ४ बजे पानीमा डुबेका थिए । उनीहरूलाई उद्धार गरेर शिवगञ्जस्थित नगर अस्पतालमा उपचारका लागि ल्याइएको थियो । 

थप उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएकामा मुर्मूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । 





  • प्रकाशित मिति : साउन ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया