logo-img

प्रा.डा. शर्मा भन्छन्- ‘सबै खाले हेपाटाइटिसको उपचार नेपालमै सम्भव छ’
रक्सी र दूषित खाना हेपाटाइटिसका लागि खतरनाक
प्रा.डा.दिलिप शर्मा | कलेजो रोग विशेषज्ञ, वीर अस्पताल

हेपाटाइटिसका बारेमा मानिसहरू धेरै जानकार छैनन् । चासोको विषय पनि ठानिरहेका छैनन् । सरकार पनि यसबारेमा त्यति धेरै गम्भीर भएजस्तो लाग्दैन । तर कम विकसित मुलुकहरुमा ढल र पानीको व्यवस्थापन राम्रोसँग नभएकाले मानिसहरू कलेजो सम्बन्धी रोगबाट पीडित भइरहेका छन् । खास गरी बर्खायाममा भाइरल हेपाटाइटिस ‘ई’ र भाइरल हेपाटाइटिस ‘ए’ जसलाई साधारण भाषामा जन्डिस भनेर बुझ्छौँ । जन्डिसको समस्या विशेषगरी बर्खा याम बढी देखिन्छ । 

खानाको माध्यमबाट, फोहोर पानीबाट शरीरमा हेपाटाइटिस ‘ए’ र हेपाटाइटिस ‘ई’ भाइरस प्रवेश गरिसकेपछि जन्डिसको लक्षणहरू देखिन्छ । यस्तो लक्षण हरेक वर्ष देखिने गर्छ । कुनैबेला अलि धेरै मात्रामा देखिन्छ र कुनैबेला थोरै देखिने गर्दछ । यस्तो समस्या खानपानका कारण नै हो देखिने । राम्रोसँग नउमालेको पानी, राम्रोसँग नपकाएको वा कुकरमा नपकाएको खाना खाँदा भाइरसहरु देखिन सक्छ । हाम्रोजस्तो मुलुकमा वर्षायाममा यस्तो समस्याहरू बढी मात्रामा देखिने गर्छ । 

पानीको  व्यवस्था कमजोर भएको ठाउँमा रोगको समस्या बढी देखिन्छ । जहाँ मानिसहरुको धेरै बसोबास छ त्यहाँ बढी जोखिम हुन्छ । राजधानी काठमाडौंको कुरा गर्ने हो भने पनि पानीको मात्रा निकै कमजोर छ, जताततै पानी र ढलका पाइपहरू छन् । पाइपहरूलाई व्यवस्थापन गर्ने क्रममा फुटेर फोहोर मिसिएको ढलसँग जोडिन पुग्छन् र सहरी क्षेत्रमा यसैको कारणले भाइरल हेपाटाइटिस बढी देखिने गर्छ । बाटो किनारमा बेच्न राखिएका पानीपुरी, चटपटे, चिया पसलतिर प्रयोग गरिएको पानी ठिक छैन भने त्यसबाट हेपाटाइटिस ‘ई’ र  ‘ए’ लाग्ने गर्दछ ।

हेपाटाइटिस र लिभरसिरोसिज

वास्तवमा हेपाटाइटिस भनेको कलेजोमा देखिने रोग हो । यो दुई किसिमको हुन्छ । एउटा फोहोर पानीबाट सर्ने किसिमको हुन्छ । जुन‘ई’ र ‘ए’ हो भने अर्को ‘बि’र ‘सी’ भन्ने हुन्छ ।यस्ता रोगहरू तराई, हिमाल, पहाडमा जहाँ पनि देखिने गर्छ । कुनै भुगोलमा कम मात्रा मादेखिएला । 

लिभरसिरोसिज भनेको कलेजोमा पटक पटक ईन्फेक्सन, फाइब्रोसिजहुँदै गइसकेपछि कलेजो कडा हुँदै जान्छ । कलेजोले जुन हिसाबले काम गर्नुपर्छ वा जुन चिजउत्पादन  गर्नुपर्छ त्यसको स्टकचरमै समस्याआइसकेपछि लिभरसिरोसिज हुन्छ । लिभरसिरोसिज धेरै कारणले हुन्छ ।  भाइरल हेपाटाइटिसको उपचार समयमै  गर्न  सकिएन भने लिभरसिरोसिज हुन्छ । 



हाम्रोजस्तो मुलुकमा रक्सीको  कारणले र  कसैमा जन्मजातै लिभरसिरोसिज देखिने गर्छ । तर लिभरसिरोसिजआजको दिनमाहाम्रो  जस्तो मुलुकमा ठुलो समस्या बन्दै गइरहेको छ । विशेषगरी वीर अस्पतालमा गयौँ  भने ४० जना बिरामी वार्डमा भर्ना छन् भने त्यसमा करिव ८० प्रतिशत व्यक्ति  रक्सीको कारणले कलेजो कडा भएर लिभरसिरोसिजभएको पाइएको  छ । लिभरसिरोसिज भइसकेपछि सिरोसिसमार्फत समयमै उपचार भएन भने क्यान्सर पनि हुनसक्छ ।

क्यान्सरको जोखिम



हेपाटाइटिस सामान्य भाषामा बुझ्ने हो भने यो ‘ए’ देखि ‘ई’ सम्म हुने भएकाले हरेक स्टेजमा सजक रहनुपर्ने हुन्छ । ‘ए’ र ‘ई’ फोहोर पानीबाट सर्ने गर्दछ भने ‘बी’, ‘सी’र ‘डि’ इन्फेक्सनभइसकेपछि लामो समयसम्म शरीरमा रहिरहन्छ । त्यस कारण हेपाटाइटिस ‘बी’र ‘सी’क्रोनिकभएर समयमै उपचार गरिएन भने लिभरसिरोसिजक्यान्सर हुने गर्दछ ।

हेपाटाइटिसबारे बुझ्दा खेरी लामो समयदेखि राष्ट्रलाई आर्थिक रूपमा अप्ठ्यारो पार्ने चाहीँक्रोनिक हेपाटाइटिस ‘बी’ र ‘सी’हो । हेपाटाइटिस ‘ए’ र ‘ई’ को चाहिँ सजिलै तरिकाबाट उपचार सम्भव हुने गर्छ । रोकथाम पनि सम्भव छ । ‘बि’र ‘सी’चाहिँ विभिन्नपोलिसी, लेवलमाउपचार गर्दै अगाडि बढ्नुपर्छ । हाम्रो  देशमा  हेपाटाइटिस  ‘बि’ र ‘सी’को उपचार  सम्भव  छ । अहिले  अन्तर्राष्ट्रिय  जगतमा औषधि उत्पादन भएका छन् । त्यस्तो औषधि हाम्रो देशमा पनि उपलव्ध छ ।

पहिला हेपाटाइटिस ‘सी’को उपचार खर्च धेरै लाग्ने गर्दथ्यो । करिब पाँचदेखि १० लाख लाग्ने गर्दथ्यो । तर हिजोआज करिब एक लाख रुपैयाँमा हेपाटाइटिस‘सी’ को उपचार गर्न सकिन्छ । १२हप्ताको औषधि प्रयोग गरिसकेपछि बिरामी राम्रो हुने गर्दछ । तर हेपाटाइटिस ‘बि’ को भाइरस अलि फरक प्रवृत्तिको हुन्छ ।  यसकालागि औषधिलामो समयसम्म खानु पर्ने हुन्छ । कसैले दुई वर्ष, कसैले चार वर्ष, कसैले पाँच वर्ष  र कसैले  जीवन भरी यसको औषधि खानुपर्ने हुन्छ ।  हाम्रो  मुलुकमा हेपाटाइटिस ‘बि’र ‘सी’दुवैको उपचार नीजि र सरकारी दुवै स्वास्थ्य केन्द्रमा गरिन्छ । 

सङ्क्रमण र लक्षण

फोहोर पानीबाट सर्ने हेपाटाइटिस ‘ए’ बढीजसो बच्चाहरुमा देखिन्छ । हेपाटाइटिस ‘ई’ वश्यकमा देखिन्छ र हेपाटाइटिस ‘बि’र ‘सी’चाहीँप्रायजसो स्क्रिनिङ गर्यौं भने मात्र पत्ता लाग्न सक्छ र यदी आमामा समस्या छ भने बच्चामा पनी सर्ने गर्दछ ।  

हेपाटाइटिस ‘बि’र ‘सी’ सर्ने माध्यम भनेको शारीरिक सम्पर्कबाट, तरल पदार्थबाट र रगतजन्यपदार्थबाट सर्ने गर्दछ ।  अपरेशन गर्दा, दुर्घटना पर्दा या हाइरिक्स बानीले गर्दा यो चाहीँबयस्कमा बढी देखिने गर्दछ । हेपाटाइटिस भनेको भाइरल रोग हो । भाइरसले गर्दा हुने समस्या हो । जसरी अरू भाइरसहरू सर्ने गर्दछन् त्यसरी नै सर्दछ । यसको लक्षण देखिदा खान मन नलाग्ने, जिउँ दुख्ने,ज्वरो आएजस्तो हुने गर्दछ । आँखा पहिलो हुने, जिउँ पहेंलो हुने, वाकवाक लाग्ने र  लिभर टेस्ट गर्दा रिपोर्ट बिग्रेको देखाउँछ । अनि त्यसको लेवलहरु पत्ता लाग्दै जान्छ ।  

  • प्रकाशित मिति : साउन १२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया