logo-img

‘समाजमा एउटा मान्छेले बाच्नको लागी आत्मसम्मान पाइरहेको छैन, अधिकार कागजमै सीमित भयो’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानको धारा धारामा मानव अधिकार संरक्षणको हक लेखिए पनि त्यो कागजमा मात्र सीमित भएको  बताएका छन् । 

शनिबार राजधानी काठमाडौंमा भएको मानव अधिकार संरक्षण सम्बन्धी कार्यक्रममा बोल्दै उनले मानव अधिकार र सम्पत्तिको हक लेखिएको भए पनि कार्यान्वयनमा नआएको बताएका हुन् ।  

उनले  भने,  ‘हामीले  संविधानको धारा धारामा मानव अधिकारको व्याख्या लेख्यौँ । सम्पत्तिको हक लेख्यौँ, समानताको हक लेख्यौँ, स्वास्थ्यको हक लेख्यौँ, यातना विरुद्धको हक लेख्यौँ, सूचनाको हक लेख्यौँ । तर हकका कुरा लेखिए पनि गाउँ समाजमा एउटा मान्छेले बाच्नको लागी आत्मसम्मान पाइरहेको छैन । संविधानमा लेखिएका ती हकहरूले उसको कुनै मूल्य मान्यता राख्दैन भने त्यसको के काम ?’

साथै उनले सबै खाले हकहरूको सार हाम्रो समाज भएको बताए । उनले यहीँ समाजमा हरेक नागरिकले आत्मसम्मान पायो भने मात्र मानव अधिकार संरक्षणको सबै विधा काम लाग्ने जिकिर गरे ।
शर्माले मानव अधिकार हकको वकालत गर्नका लागि राज्यले त्यसको प्रत्याभूत गर्नुपर्ने बताए ।  

उनले भने, ‘वकालत गर्न सबै नागरिकलाई समानता प्रदान राज्यले गर्नुपर्छ । तर हरेकलाई अवसर दिलाउन सकिरहेका छैनौँ । २१ औँ  शताब्दीमा पनि हामी छुवाछुत भनेर  मानिरहेका छौँ  यसरी  कसरी  नागरिकलाई समानता प्रदान  गर्न सक्छ ।’ 





  • प्रकाशित मिति : साउन १२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया