logo-img

चीनले नेपाललगायत विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने

नेपालका लागि चिनियाँ राजदूत छेन सोङले चीनले अल्पविकसित देशहरूमा एकतर्फी खुलापन विस्तार गर्ने र बाँकी विश्वका लागि आफ्नो वस्तु, सेवा, पुँजी र श्रम बजारलाई व्यवस्थित रूपमा खोल्ने बताएका छन् । 

चीनको कम्युनिस्ट पार्टी केन्द्रीय समितिको २० औँ बैठकको हालैको तेस्रो पूर्णसत्रका निर्णयहरू चीन र विश्वलाई नै महत्त्वको  भएको जनाउँदै उनले उच्चस्तरको खुलापनले विकासका अवसर थपिने र नेपालजस्ता विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने विश्वास दिलाए । 

उनले आज दिएको  वक्तव्यमा राजधानी बेजिङमा गत असार ३१ देखि ३ गतेसम्म आयोजित प्लेनरी सेसनले चीनको आर्थिक एवं सामाजिक विकासको नयाँ खाका कोरेको बताउँदै यो चीन र विश्वलाई नै ठूलो महत्त्वको भएको तथा आधुनिकतामा नै भरोसा राख्ने र सुधारलाई बढाउने चीनको प्रतिबद्धता रहेको स्पष्ट गरे । 

चीनमा सुधार र खुलापन सुरु भएदेखि नै पार्टी केन्द्रीय समितिको प्रत्येक तेस्रो पूर्ण बैठकले सुधारका विषयमा जोड दिने गर्छ र  आगामी पाँचदेखि १० वर्षसम्मका लागि चीनको विकासका लागि योजना र प्रबन्ध निर्माण गर्छ  । 

चिनियाँ राजदूतले भने, ‘स्वदेशी तथा विदेशी उद्यमी तथा पर्यवेक्षकहरूले पनि सो तेस्रो पूर्णबैठकले चीनलाई मात्र नभई सम्पूर्ण विश्वलाई सकारात्मक र न्यानो संकेत दिएको बताउनाका साथै बढ्दो भूराजनीतिक तनाव र संरक्षणवादका बीच चीनमा थप लगानी र विकास एवं विश्वमा नै स्थायित्व दिने विश्वास व्यक्त गरेका छन् ।’ 





  • प्रकाशित मिति : साउन १२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया