logo-img

गोरखाको धार्चेमा पहिरो : पाँचजना बेपत्ता, दुई घाइते
फाइल तस्बिर

गोरखाको धार्चे गाउँपालिका–५ रिसामा पहिरो जाँदा पाँचजना बेपत्ता भएका छन् । यस्तै, अन्य दुईजना घाइते भएका छन् ।

आज बिहान करिब तीन बजेतिर पहिरो जाँदा एउटा घर र एउटा कृषि फर्म पुरिँदा पाँचजना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । 

घटनबारे खबर प्राप्त हुनासा बेपत्ताको खोजी तथा घाइतेको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको प्रजिअ दाहालले जानकारी दिए । 

हालसम्म बेपत्ता भएका र घाइते भएकाको पहिचान खुल्न सकेको छैन ।





  • प्रकाशित मिति : साउन १३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया