logo-img

किन जाँदै छन् आज राति उपेन्द्र यादव फिलिपिन्स ?

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव फिलिपिन्स जान लागेका छन् । एसियाली प्रजातान्त्रिक पार्टीहरुको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई ३० तारिखमा हुन लागेको स्टेरिङ कमिटिको बैठकमा सहभागी हुन अध्यक्ष यादव आज राति ११:३० बजे फिलिपिन्स जान लागेका हुन् ।

भ्रमणमा अध्यक्ष यादवसँगै पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापासमेत सहभागी रहने छन् । अध्यक्ष यादवले ३१ जुलाईमा प्रोग्रेसिभ एलाइन्सको ग्लोबल कन्फेरेन्समा ‘वर्किङ फर अ न्यू प्रोग्रेसिभ एरा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

त्यसैगरी अध्यक्ष यादव त्यहाँको राजनीतिक दल अक्बायन सिटीजन एक्सन पार्टीको महाधिवेशनको उदघाटन सत्रमा सहभागी हुनेछन् । जनता समाजवादी पार्टी, नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटीको सदस्य रहेको  छ । अध्यक्ष यादव साउन १७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 





  • प्रकाशित मिति : साउन १३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया