logo-img

नगरवासीलाई मनराशिसवाको आग्रह- सबै मसला रुख काट्नु, नभए नगर प्रहरी खटाएर कटाउँछौँ

महोत्तरीको मनराशिसवा नगरपालिकाले सपेता (मसला)को रुख काट्न नगरवासीलाई आग्रह गरेको छ । एक सार्वजनिक सूचना जारी गर्दै पालिकाले नगरपालिका क्षेत्रमा भएका मसलाका रुख ३ महिनाभित्र काटिसक्न भनेको छ । 

नगरपालिकाको १२औँ नगर सभाले मसलाको रुख विस्थापन गर्ने निर्णय गरेअनुसार मसलाका सबै रुख काटेर पालिकाबाट विस्थापित गर्नुपर्ने जनाइएको छ । 

नगरपालिकाले जारी गरेको सूचनामा सपेता मसला रुखले जमीनको उर्वराशक्ति घटाएको, धेरै पानी सोस्दा जमिनमा बाँझोपन बढेको उल्लेख गरेको छ । यदि तोकिएको म्यादभित्र आफैँ सपेताको रुख नकाटे नगरपालिकाले कर्मचारी र नगर प्रहरी नै खटाएर रुख काट्ने समेत सूचनामा जनाइएको छ ।  





  • प्रकाशित मिति : साउन १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया