आज एकादशी निराहार बस्ने दिन । सूर्योदय देखि सूर्यास्तसम्म भोजन नगर्ने। सकेसम्म पानी पनि नखाने, नसके पानी खाने , त्यति पनि नसके फलफूल खाने । सूर्यास्त पछि हल्का सुपाच्य सात्त्विक भोज गर्ने।
एकादशी शब्दले नै मानिसलाई उपवास, खानपिन, मनस्थिति, ध्यान, पूजाको सङ्केत गरिरहेको हुन्छ । एकादशी मानिसका लागि किन ठूलो दिन मानिन्छ ? यसबारेमा अलिकति चर्चा गरौँ ।
एकादशीका दिन शरीरलाई भोजनको रुचि भएको हुँदैन । रुचिबिना मुखभित्र कोचिएको भोजन विष बन्छ। रोगी बन्दै जान्छ। शरीर त्यस्तो मसिन हैन जसभित्र जस्तोसुकै भोजन कोचेर लामो स्वस्थ निरोगी रहेर टिक्न सक्छ । इन्जिनको इन्धन जति उत्तम गुणस्तरीय हुन्छ त्यति लामो समस्यारहित टिक्छ ।
मानव शरीर स्थूल र सूक्ष्म हुन्छ । सूक्ष्म शरीर क्रिया बोध गर्न शान्त, स्वच्छ, शरीर सफा, पेट हल्का, ध्यानमग्न, स्थिर दिमाग, एकाग्र मन हुन जरुरी हुन्छ । यो ब्राह्मणमा जे-जति कुरा छन् मानवभित्र ती सबैको अंश छ । मानिस ब्रह्माण्डकै कृति हो, माइक्रोसोज्म हो । शरीर नै ब्रह्माण्ड हो । तर त्यो बोध गर्ने प्रविधि, विधि र प्रक्रिया हुन्छन् जसरी अन्य जुन कुनै विद्यार्जनमा हुने गर्छ ।
हामी जन्मिँदा ३-४ किलोका हुन्छौँ, पछि बढेर १०० केजीसम्म पुग्छौँ । जन्मिँदा हामी दुई बित्ताका हुन्छौँ, पछि बढेर ६-७ फिट पुग्छौँ । यो सबै कसरी यस्तो भयो ? जन्मिँदा हामीलाई सबै कुरा अनौठो, नौलो, जे कुरामा पनि उत्सुकता हुन्छ, प्रश्नै प्रश्न हुन्छन् । कति प्रश्न अभिव्यक्त हुँदैनन् र मनमै मर्छन् । कति अभिव्यक्त हुन्छन्, खोज चल्छ, जवाफ मिल्छ, अनि विद्वान बन्छौँ, गुरु, वैज्ञानिक, आविष्कारक वा महान् व्यक्तित्व बन्न पुग्छौँ । कसरी यस्तो हुन्छ ?
हामीले खाने कुराहरूबाट शरीर हुर्किँदै जान्छ, कोशहरू बढ्दै जान्छ । हामी क्रमशः ठूलो हुँदै जान्छौँ । त्यसैले हाम्रो शरीर हाम्रो भोजन नै हो । हाम्रा कोषहरू हाम्रा भोजन हुन् । जीवित प्राणले जीवनको नै भोजन गर्नुपर्छ ।
भोजन दुई प्रकारका छन्, प्राणीजन्य र वनस्पतिजन्य ।
वनस्पतिमा बुद्धि हुँदैन, मोबाइल हुँदैनन्, गिदी हुँदैन ।
प्राणीमा मोबिलिटी, इन्टेलेक्ट, विकसित जेनेटिक्स र दिमाग हुन्छ । बाहिरी प्रतिकूल परिस्थितिमा टिक्न प्रयत्न गर्न सक्ने क्षमता राख्छ । मान्छेको जेनेटिक ईन्टेलिजेन्सले वनस्पतिजन्य भोजनको जेनेटिक कोड ब्रेक गर्न सजिलो हुन्छ । तर प्राणीजन्य भोजनको कोड ब्रेक गर्न धेरै परिश्रम गरिरहेको हुन्छ । जुन प्राणीको जेनेटिक्स जति मानिसको कोड नजिक हुन्छ त्यति त्यो प्राणीको मासु पचाउन कठिन हुन्छ । मासुका प्रत्येक सेलमा जेनेटिक कोड हुन्छ, त्यो कोड ब्रेक गर्न निकै परिश्रम लाग्छ ।
वनस्पति पचाउन सहज हुनुको कारण जिनकोड ब्रेक गर्न सजिलो भएर हो । शरीरले मुखबाट हालेको सबै खानेकुरा पचाउछ भन्दैमा जे पनि खाँदा शरीरको इन्टेलिजेन्स र जिनलाई बढी लोड पर्छ । लोड बढी पर्दै गयो भने शरीर प्रणालीलाई घात गरिदिन्छ ।
गिदी वा दिमाग पनि सेल नै हो । हामीले जस्तो जेनेटिक्स भएको खाना खाने गर्छौँ त्यस्तै शरीर बन्दै जान्छ र दिमाग त्यस्तै बन्दै जान्छ । खाने कुराको जेनेटिक चरित्र मानिसमा क्रमशः बढ्दै बन्दै जान्छ । त्यसैले मानिस जे खान्छ उ त्यही हो, उसको सोच त्यस्तै बन्दै जान्छ भनिएको छ । दिमाग खानामा भर पर्छ । सही खानाले दिमाग, मन, शरीर, सोच र व्यवहारलाई सही ठाउँमा पुर्याइरहन्छ ।
मासु कुन खाने कुन नखाने यसको विज्ञान छ। हामीले शाकाहारी पशुको मात्र मासु खानुको कारण के होला ?
मासु पनि शाकाहारी भोजन गर्ने पशुको खान्छौँ भने शाकाहारी भोजन गर्दा झन् फाइदा रहेछ भन्ने प्रस्ट हुँदैन र ?
मासु खाँदा हाम्रो जीनभन्दा धेरै टाढाको नाताको खानु ठिक हो । जसले आफ्नो जीन नजिकको खाना खान्छ, उसको शरीरलाई धेरै कडा मेहनत गरेर पचाउनु पर्छ । त्यस्तो जीन क्र्याक गरेर पोषण निकाल्न गाह्रो हुन्छ । शरीरलाई खानेकुरा पचाउन सकेसम्म धेरै लोड दिन हुँदैन ।
मासु खान नपरेसम्म नखानु नै शरीरका लागि सही भोजन हो । बाँच्ने उपाय छैन भने मासु खानु बाध्यता होला । मासु खाने नै पर्छ भने मान्छेको जीनभन्दा टाढाको खाने हो ताकि हाम्रो पाचन प्रणालीलाई जीन ब्रेक गर्न सहज होस् । त्यसैले माछा सबैभन्दा राम्रो मासु हो किनभने मानिस माछाबाट विकसित भएको सबैभन्दा टाढाको नाता हो । प्राणीको पहिलो जात माछा हो । माछालाई मासुहरूमा सबैभन्दा सजिलै पचाउन सकिन्छ। त्यसपछि उड्ने प्राणी चराहरू राम्रो हुन्छ ।
चरामा पनि मांसाहारी खाँदैनौं । मासु भोजनको नियम यही हो । मानिसको मासु खाइन्न किन होला ? जुन प्राणी मानसिक रूपमा सेन्सिटिभ र इमोशनल बढी हुन्छ त्यसको मासु खाइँदैन र खानु ठिक हुँदैन ।
रेड मिट सेन्सिटिभ प्राणीको हुने गर्छ । मानिसको मासु नखाइएको कारण सेन्सेटिभ र इमोशनल भएर हो । मानिस पछि गाइगोरू बढी सेन्सिटिभ हुन्छन्, त्यसपछि घोडा कुकुर हुन्छन् । पशुहरू वध गर्दा उसमा त्यो मर्छु भन्ने पूर्व आभास भइसकेको हुन्छ र शारीरिक प्रतिक्रिया इन्टेन्स भएर, डर आक्रोशका विकसित हुदै शरीरभरि विष फैलाइदिन्छ र मानिसले विषयुक्त त्यही मासु खान पुग्छ । मासु खाने मान्छेहरूको स्वभाव पनि कुन पशुको मासु खाएको छ क्रमशः त्यस्तै तिर विकसित हुँदै जान्छ । मासु भोजन कसैको संस्कृति वा चलन होइन, विज्ञान हो । विज्ञान भनेपछि दायाँबायाँ तर्क वा चलन वा धर्मसँग मतलबको कुरा हुँदैन । मासु सँगसँगै विष घोलित भएको हुन्छ । किनभने पशुको हत्या गर्दा उसको जीनले प्रतिकार गरिरहेको हुन्छ र शरीरभरि विष विस्तार गरिसकेको हुन्छ ।
तसर्थ कम इमोशनल र कम सेन्सिटीभिटी भएको पशुको मात्र मासु खानुपर्छ यदि खानै पर्ने बाध्यता छ भने । भोजन शाकाहारी भनेको वनस्पतिजन्य भनेको हो । यसमा पनि जीनकोड ब्रेक गर्न जुनको सहज छ त्यो भोजन गर्नुपर्छ ।
भोजन जुनमा पानीको मात्रा बढी छ त्यो लिनुपर्छ । पाएसम्म लाइभ भोजन गर्नुपर्छ । शरीर भनेको ७० प्रतिशत पानी हो, त्यसैले भोजनमा पनि ७० प्रतिशत पानी निहित भएको हुनुपर्छ । पछि पानी वा सुप पिएर हुँदैन । सुख्खा फ्राई परिकारको भोजन ठिक होइन ।
पकाउँदा रसिलो बनाउनुपर्छ, भोजनभित्रको पानी सुक्न नपाउने गरी पकाउनुपर्छ । शाकाहारी भोजन खाँदा सुख्खा डिप-फ्राई गरेर खानु ठिक होइन । काँचो फल, सागपात, तरकारीमा पानी ९०% हुन्छ त्यो खाना राम्रो हुन्छ । ताजा पकाएको भोजन खाने हो । पाकेको डेढ घण्टाभित्र ताजा खाना खाने हो । बासी वा फ्रिजमा राखेको ओभनमा तताएर खानु ठिक होइन ।
सकेसम्म लोकल र सिजन अनुसारको भोजन गर्नुपर्छ । वनस्पतिजन्य भोजन, पानीको मात्रा बढी भएको खाना, ताजा पाक्दै गर्दाको फ्रेस खाना, तुलनात्मक छिटो पच्ने सिम्पल जेनेटिक कोडयुक्त भोजन लिनु नै शारीरिक, मानसिक, प्राण ऊर्जायुक्त आध्यात्मिक दृष्टिले उत्तम हो ।
एकादशीका दिन शरीरलाई भोजनको रुचि भएको हुँदैन । रुचिबिना मुखभित्र कोचिएको भोजन विष बन्छ। रोगी बन्दै जान्छ। शरीर त्यस्तो मसिन हैन जसभित्र जस्तोसुकै भोजन कोचेर लामो स्वस्थ निरोगी रहेर टिक्न सक्छ । इन्जिनको इन्धन जति उत्तम गुणस्तरीय हुन्छ त्यति लामो समस्यारहित टिक्छ ।
भोजन बहु आयामिक इन्धन हो – शरीर, मन, भावना, प्राणऊर्जा । सात्त्विक भोजन दिमाग र अध्यात्मका लागि, राजशी भोजन बल र सक्रियताका लागि र तामसी भोजन जीवित रहनसम्मका लागि हो । मानिस पशु पनि हो र उच्च अध्यातम्क सम्भावनाको भगवान् पनि हो । जस्तो भोजन त्यस्तै मान्छे, छनौट आआफ्नो !
उपाध्यायको फेसबुकबाट
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।