logo-img

ग्लोबल टी-२० मा ब्राम्पटनविरुद्ध दीपेन्द्रको उत्कृष्ट प्रदर्शन

क्यानडामा जारी चौथो सिजनको ग्लोबल टी–२० मा ब्राम्पटन वुल्भ्सविरुद्ध भ्यानकुभर नाइट्समा आबद्ध नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीले राम्रो प्रदर्शन गरेका छन् । 

टिम लगातार चौथो हार बेहोर्नेक्रममा ६ विकेटले पराजित भए पनि दीपेद्रको व्यक्तिगत प्रदर्शन भने उत्कृष्ट रहेको हो । ब्राम्पटनविरुद्ध उनले बलिङ र फिल्डिङमार्फत उत्कृष्ट प्रदर्शन गरेका हुन् । यस खेलमा दीपेन्द्रले ब्याटिङमा भने मौका पाएनन् । 

दीपेन्द्रले फिल्डिङमार्फत अस्ट्रेलियन स्टार तथा ब्राम्पटनका कप्तान डेविड वार्नरलाई पाचौं ओभरको अन्तिम बलमा २५ को स्कोरमा रन आउट गरे । यस्तै, बलिङमा दीपेन्द्रले चार   ओभरमा बिनाविकेट १८ रन मात्र दिए । उनले आफ्नो पहिलो ओभरमा मात्र एक रन खर्चिए । 

दीपेन्द्रले पावरप्लेमै पहिलो ओभर फाले पनि एक रन मात्र दिएका हुन् । उनले दोस्रो र तेस्रो ओभरमा पाँच/पाँच रन खर्चिए । दीपेन्द्रले चौथो ओभरमा भने ११ रन दिए, जसमा ४ रन बाइको रूपमा समावेश छ ।

उनले अघिल्लो दुई खेलमा भने बलिङमा मौका पाएका थिएनन् । ती दुई खेलमा दीपेन्द्रले ब्याटिङ भने गरेका थिए । आफ्नो पहिलो खेलमा एक रनमै आउट भएका उनले दोस्रो खेलमा १५ बलमा अविजित ३० रनको इनिङ खेलेका थिए । भ्यानकुभरले अब पाँचौं खेलमा शनिबार बिहान सर्रे जग्वार्सको सामना गर्नेछ ।  





  • प्रकाशित मिति : साउन १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया