logo-img

काभा महिला भलिबल लिग आजदेखि, नेपाल र श्रीलंका भिड्दै
फाइल तस्बिर

काभा महिला नेसन्स भलिबल लिगको पहिलो खेलमा आयोजक नेपालले आज श्रीलंकाको सामना गर्दैछ । यी दुई टिमबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ ।  

नेपालले यस प्रतियोगितामा उपाधि जित्ने लक्ष्य लिएको छ । त्यसका लागि टिम पूरा तयार रहेको कप्तान अरुणा शाहीले बताइन् । उनले रसियासँगको दुई मैत्रीपूर्ण खेलबाट कमीकमजोरी सुधारेको बताइन् ।   

यस्तै, श्रीलंकन टिमकी कप्तान थिलिनी परेराले पनि उपाधि जित्नका लागि आफ्नो टोली तयार रहेको बताइन् । एक सातासम्म चल्ने प्रतियोगितामा नेपाल र श्रीलंकासहित इरान, भारत र माल्दिभ्सको सहभागिता छ । 

बिहीबार नै भारत र इरानबीच प्रतिस्पर्धा हुनेछ । नेपालले दोस्रो खेल १८ साउनमा भारतसँग खेल्नेछ । त्यस्तै, नेपालले २० साउनमा माल्दिभ्स तथा लिग चरणको अन्तिम खेलमा २१ साउनमा इरानसँग खेल्ने तालिका छ । 

प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछ ।  





  • प्रकाशित मिति : साउन १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया