logo-img

ग्लोबल टी-२० मा गत विजेता मोन्ट्रियलसँग खेल्दै रोहितसम्मिलित टोरन्टो

क्यानडामा जारी चौथो संस्करणको ग्लोबल टी–२० मा नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरन्टो नेसनल्सले आज पाँचौं म्याच खेल्दैछ । उसले पाँचौं खेलमा मोन्ट्रियल टाइगर्ससँग खेल्न लागेको हो ।  

यी दुई टिमबीचको खेल राति ८ः४५ देखि सुरु हुनेछ । जारी सिजनमा टोरन्टोले चार म्याच खेल्दा दुईमा जित र दुई खेलमा हार बेहोरेको छ । ऊ अहिले ४ अंकसहित तालिकाको चौथो नम्बरमा छ ।

टोरन्टो मोन्ट्रियललाई हराउँदै सेमिफाइनलको सम्भावना कायमै राख्न चाहन्छ । गत संस्करण च्याम्पियन मोन्ट्रियलको सेमिफाइनल सम्भावना उच्च छ । ऊ अहिले तीन खेलबाट ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ ।​

मोन्ट्रियलविरुद्ध टोरन्टोले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गर्ने सम्भावना छ । उसले आज खेलमा रोस्टन चेस र अर्मान कपूरलाई विश्राम दिएर फाबियन एलन र रोहितकुमार पौडेललाई मौका दिने सम्भावना रहेको हो । 



रोहितले अघिल्लो खेलमा प्लेइङ–११ मा मौका पाएका थिएनन् । टिमको दोस्रो र तेस्रो खेलमा भने उनले मौका पाएका थिए । पहिलो खेलमा ब्याटिङको मौका नपाएका उनले फिल्डिङमार्फत टिमलाई जित दिलाउन अहम् भूमिका खेले । 

तेस्रो खेलमा भने रोहितले २५ बलमा ९ रन मात्र जोड्न सके । अघिल्लो खेलमा टोरन्टो पराजित भएकाले उसले आज प्लेइङ–११ मा केही परिवर्तन गर्ने सम्भावना छ । यस्तो अवस्थामा रोहितले मौका पाउन सक्छन् ।  



ग्लोबल टी–२० अन्तर्गत बिहीबार बिहान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीआबद्ध भ्यानकुभर नाइट्सले सर्रे जग्वार्सको सामना गर्ने तालिका छ । यी दुई टिमबीचको खेल शनिबार बिहान १ः४५ देखि ब्राम्पटनमा सुरु हुनेछ । 

जारी संस्करणमा भ्यानकुभर अहिलेसम्म जितविहीन छ । ऊ अब पाँचौं खेलमा जग्वार्सलाई हराएर पहिलो जित निकाल्ने योजनामा हुनेछ । पाँचौं खेलमा पनि सन्दीप र दीपेन्द्रले प्लेइङ–११ मा मौका पाउने सम्भावना उच्च छ ।   



  • प्रकाशित मिति : साउन १८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया