logo-img

कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साउन २१ मा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। 

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीका नेकपा ९माओवादी केन्द्र० ले समर्थन फिर्ता लिएका छ। माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन लागेका हुन्।

कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिन लागेका हुन्। उनले विश्वासको मत लिन लागेको यो दोस्रोपटक हो। पहिलोपटक गत वैशाख १३ मा संसद्बाट विश्वासको मत लिएका थिए। मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाउन प्रदेश सभा सचिवालयलाई पत्र पठाएका छन्। 

मुख्यमन्त्री कँडेललाई नेपाली कांग्रेसले समर्थन गर्ने र कांग्रेसबाट चारजना मन्त्री बनाउने तयारी छ। त्यसका लागि कांग्रेसले नाम पनि मुख्यमन्त्रीलाई बुझाइसकेको छ । 







  • प्रकाशित मिति : साउन १९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया