logo-img

थापाथलीमा सवारी दुर्घटना, एक महिलाको मृत्यु

काठमाडौंको थापाथलीमा शनिबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। काठमाडौ महानगरपालिका–११ थापाथलीमा पानी ट्यांकरको ठक्करबाट एक महिलाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा ६२ वर्षीय सरस्वती तुलाधर छिन् । माइतीघरबाट थापाथलीतर्फ जाँदै गरेको बा२८प ४८६७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मधेस प्रदेश००३–००१क २५१९ नम्बरको पानी ट्यांकररले ठक्कर दिएको थियो । 

घट्टेकुलो निवासी मोटरसाइकलका चालक ६९ वर्षीय ध्रुवराज तुलाधर र ६२ वर्षीय सरस्वती तुलाधर घाइते भएका थिए । उनको उपचारका क्रममा नर्भिक इन्टरनेसनल अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता विश्वराज खड्काले ट्यांकरका चालक धादिङ गजुरीका रामकुमार तामाङलाई नियन्त्रणमा लिएको जानकारी दिए।





  • प्रकाशित मिति : साउन १९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया