logo-img

संविधान जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ : माधव नेपाल
फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । 

नेकपा समाजवादी काठमाडौं महानगर कमिटीद्वारा कामपा–१८ नरदेवीमा आइतबार आयोजित कार्यक्रममा उनले लोकतन्त्र, संविधानको रक्षा  एवं राजनीतिक सङ्कटका समाधानमा आफ्नो पार्टीले समन्वयकारी नेतृत्व लिँदै आएको बताए । 

‘आगामी दिनमा पार्टीलाई आत्मविश्वासका साथ जनताको सेवामा थप सशक्त र केन्द्रित गर्नुपर्छ । आर्थिक समृद्धि र सुशासन कायम गर्नु नै अहिलेको प्रमुख चुनौती हो । लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र सह्य हुँदैन । वामपन्थी र प्रगतिशील शक्तिबीच एकताको खाँचो छ,’ नेपालले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि सबै दलहरूबीचको समन्वय र सहकार्यलाई बलियो बनाउनुपर्ने बताए । 







  • प्रकाशित मिति : साउन २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया