मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेसको मन्त्रिमण्डल केन्द्रकै हाराहारीमा पुर्याएका छन् । मंगलबार पाँच राज्यमन्त्री थपेर उनले २० सदस्यीय जम्बो मन्त्रिमण्डल बनाएका हुन् ।
मंगलबार मुख्यमन्त्रीले नेपाली कांग्रेसबाट दुई तथा जनमत, एमाले र लोसपाबाट एक–एक राज्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा सिँचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्री नियुक्त भएका छन् ।
एमालेबाट मोहम्मद जयद आलम भौतिक पूर्वाधार विकास, लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति र जनमतबाट शम्भु साह उद्योग पर्यटन राज्यमन्त्री बनेका हुन् ।उनीहरूले मंगलबार नै शपथ लिएका छन् ।
संविधानमा संघ सरकारको मन्त्रिमण्डल २५ सदस्यीयभन्दा ठूलो बनाउन नपाइने प्रावधान छ । प्रदेशहरूमा भने यस्तो प्रावधान राखिएको छैन । त्यसैले प्रदेश सरकारहरूले राजनीतिक भागबण्डा मिलाउने नाममा आफूखुसी मन्त्रीमण्डल बनाउने गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।