logo-img

दुर्घटनामा परेको हेलिकोप्टरमा सवार सबैको निधन
दुर्घटनास्थल | तस्बिर : नेपाल प्रहरी

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेका सबैको निधन भएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर १ स्थित गुर्जेमा बुधबार एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको हो । 

हेलिकप्टर दुर्घटनामा पाँचै जनाको निधन भएको छ । चालकसहित कुल ५ जना सवारमध्ये दुर्घटनामा दुई जना पुरुष, एक जना महिला, एक जना पाइलट र अर्का एक जनाको शव जलेको हुनाले पहिचान हुन सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए । दुर्घटनामा परेका चिनियाँ पर्यटकमा जी लि, यियाद वु, जेमिङ सी र जुदाड टाङ रहेका छन् ।  





  • प्रकाशित मिति : साउन २३, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया