logo-img

सडक भासिएपछि मेयर बालेनले भने- खोलामाथि पुल बनाउन पर्छ, घर र बाटो होइन

काठमाडौं महानगरपालिकाको नजिक टुकुचा खोलामाथि रहेको सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ । त्यहाँ सडक भासिँदा रातिदेखि नै बाटो बन्द भएको हो । 

सडक भासिएपछि काठमाडौं महानगरका मेयर बालेन शाहले त्यसबारे प्रतिक्रिया जनाएका छन् । उनले आफ्नो पहलमा टुकुचा खोल्ने काम सुरु गरेको भए पनि अदालती कारणले रोकिनु परेको बताएका छन् । 

‘यो टुकुचामाथिको बाटो हो । अझै केही घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । काठमाडौँ महानगरले केही समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरु गरेका थियौँ । अदालती कारणले केही रोकिन परेको थियो । अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानुन बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ,’ मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुआब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात् खोला खोल्ने काम महानगरले तुरुन्त अगाडि बढाउनेछ ।’

उनले अगाडि थप भनेका छन्, ‘यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।’ 







  • प्रकाशित मिति : साउन २५, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया