logo-img

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, १३ जना घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मिलनचोकमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो।

सवारी दुर्घटनामा परी घाइते भएकाहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।

उनका अनुसार करिब एक सय मिटरको दूरीमा दुईवटा बस दुर्घटनामा परेका हुन्। बिहानदेखि सिमसिमे पानी परिरहेकाले बस चिप्लिएर दुर्घटना भएका थिए।





  • प्रकाशित मिति : साउन २६, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया