logo-img

शेख हसिनाले कतै राजनीतिक शरण नमाग्ने, बंगलादेश फर्किएर लोकतन्त्र पुनर्स्थापनामा लाग्ने

बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेद जोयले शनिबार आफ्नी आमाले शरणका लागि आवेदन दिएको हल्लालाई अस्वीकार गरेका छन् । 

एएनआईसँगको एक विशेष अन्तर्वार्तामा सजीव वाजेद जोयले आफू वा आफ्नो परिवारले सत्ताको लोभ नराखेको र बंगलादेशको हितका लागि काम गर्नु प्राथमिक प्रेरणा रहेकोमा जोड दिए । 

‘यी सबै हल्ला हुन्, मेरी आमाले कतै पनि शरणका लागि आवेदन दिनुभएको छैन । उहाँले आफ्नो जीवनको अधिकांश समय बंगलादेशमा बिताउनुभएको छ र देशबाहिर बस्ने उहाँको कुनै चाह छैन । यस कार्यकालको अन्त्यमा उहाँको योजना सेवानिवृत्त भएर आफ्नो गाउँको घरमा बस्ने थियो । राजनीतिमा संलग्न भए वा नभए पनि उहाँ आफ्नो घर फर्कन चाहनुहुन्छ,’ उनले भने । 


 
शेख हसिनाको राजनीतिमा फर्कने योजनाको बारेमा सोधिएको प्रश्नमा उनले भने, ‘यस विषयमा म जवाफ दिन सक्दिनँ, उहाँलाई नै सोध्नुपर्नेछ । मेरो परिवारमा हामीमध्ये कसैलाई पनि शक्ति वा राजनीतिको लोभ  छैन ।’ 



आफ्नो परिवारका बाँकी सदस्यहरू विदेशमा बसोबास गर्दै आएको र आफू पनि लगभग ३० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएको उनले बताए । ‘तर, हामी हाम्रो देशका लागि काम गर्न चाहन्छौँ,’ उनले भने । 

सजीवले बंगलादेशमा लोकतन्त्र र कानुन व्यवस्था पुनर्स्थापना गर्न आफ्नो परिवारको प्रतिबद्धता पनि व्यक्त गरे । ‘हामी देशको यस्तो अवस्था हेर्न सक्दैनौँ । लोकतन्त्र पुनर्स्थापना गर्न, कानुनी व्यवस्था पुनर्स्थापना गर्न, हाम्रा देशका जनतालाई सुरक्षित राख्न जे आवश्यक छ, हामी गर्नेछौँ,’ उनले भने । 



उनले बंगलादेशमा अल्पसंख्यकहरूको दुर्दशा र कानुन प्रवर्तनको अभावलाई पनि प्रकाश पारेका छन् । 



  • प्रकाशित मिति : साउन २६, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया