logo-img

सर्वोच्चको आदेश : चुडामणि शर्मा थुनामा पर्नुको कारण पेस गर्नू
फाइल तस्बिर

सर्वोच्च अदालतले निलम्बित सहसचिव चुडामणि शर्मालाई कारागारमा थुना राख्नुको कारण पेस गर्न आदेश दिएको छ ।

न्यायाधीश विनोद शर्माको इजलासले उनलाई थुनामा राख्नुको कारण पेस गर्न विशेष अदालत, कारागार प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आफ्नै रिट तथा मुद्दा महाशाखाका नाममा आदेश दिएको हो ।  

उनले यी चार निकायहरूका कारण आफू गैरकानुनी थुनामा परेको भन्दै सर्वोच्च अदालतमा निवेदन पेश गरेका थिए । शर्माले आफू गैरकानुनी थुनामा बस्नुपरेको भन्दै शुक्रबार बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका थिए ।  

शर्मालाई विशेष अदालतले गत वर्ष ९ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनलाई बिगो र जरिवाना गरी ६ अर्ब १५ करोड ७० लाख रुपैयाँ तिराउन आदेश गरेको छ । बिगो र जरिवाना बापतको रकम धरौटी राख्न नसकेपछि उनी थुनामा पुगेका हुन् । 





  • प्रकाशित मिति : साउन २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया