logo-img

विद्यमान स्वास्थ्य नीतिमा पुनरावलोकन गरिने : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विद्यमान स्वास्थ्य नीतिमा पुनरावलोकन गरिने बताएका छन्। आइतबार मन्त्रालयमा कार्ययोजना र प्राथमिकताका विषय सार्वजनिक गर्दै उनले संविधानको मर्मअनुरुप स्वास्थ्य सेवा विस्तारका लागि नीतिगत व्यवस्था गरिने बताए । 

नेपाल सरकारले कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरुमा दोहोरोपना हुन नदिन सरकारले कार्यान्वयनको नीति अघि सार्ने उनले बताए । उनले भने, 'यसका लागि  स्थानीय तथा प्रदेश सरकार एवं विकास साझेदार निकायहरुसँग सहकार्य गरिनेछ ।'

दुर्गममा स्वास्थ्य सेवा लैजान जनशक्ति व्यवस्थापन, स्वास्थ्य सेवा प्रवाहमा प्रतिष्ठान मेडिकल कलेज तथा विशिष्टीकृत अस्पतालसँग साझेदारी र समन्वय गरी काम गरिने उनले बताए । 

आँखा उपचार, अटिजम, वंशाणुगत, रक्तजन्य रोग सिकलसेल एनिमिया, लुपस रोग मानसिक रोगसँग क्रियाशिल संस्थाहरुसँग साझेदारी गरिने उनले जानकारी दिए।

स्थानीय तहसँगको समन्वयमा पाँच वर्षमुनिका बालबालिका किशोरी तथा आमाहरुको पोषण स्तर बुझी उपलब्ध स्वास्थ्य सेवामा समावेश गरिने, कुपोषितहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिने र गाउँगाउँ सेवा सेवा लैजान पहल गरिने उनले बताए ।





  • प्रकाशित मिति : साउन २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया