logo-img

बुधबार विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् । शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाएर बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गरेका हुन् । 

मुख्यमन्त्रीले विश्वासको मत लिने गरी पत्र पठाएकाले प्रदेश सभा सचिवालयले आवश्यक व्यवस्थापन गरिरहेकाे सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए । 

शाह यही साउन २० गते नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शाहले विश्वासको मत लिएपछि चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेकाे उनको सचिवालयले जनाएको छ ।







  • प्रकाशित मिति : साउन २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया